images
images

घर भत्किदा कञ्चनपूरकी एक बालिकाको मृत्यु, दुई जना घाइते

१६, असार काठमाडौ
कञ्चनपूरमा घर भत्किदा एक बालिकाको मृत्यु भएको छ ।  दुई जना घाइते भएका छन ।  

बेदकोट–४ धरमपुरकी पार्वती खुना छोरी करिश्मालाई लिएर स्थानीय प्रेम साउदको खेतमा काम गर्न गएकी थिइन् । त्यहाँ घरमा पार्वतीले करिश्मा र ११ वर्षीय छोरा अर्जुनलाई छोडेर रोपाइ गर्न गएकी थिइन् । पानी परेपछि घर  भत्किदा च्यापिएर करिश्माको मृत्यु भएको प्रहरी निरीक्षक दिए। 
घटनामा परेर सोही वडाका ४० वर्षीय मान्टे थारु र अर्जुन घाइते भएका छन् । दुवै जनाको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।