images
images

एमडीआरटी बार्षिक मिटिङ्गका लागि रिलायन्स लाइफका दुई जना बिमा अभिकर्ता अमेरिका प्रस्थान

काठमाडौँ - मिलिनियम डलर राउण्ड टेवल २०२२ को बार्षिक सभामा भाग लिन रिलायन्स लाइफ इन्स्योरेन्सका लिडर रिलायन्स साथीहरु नमिता न्यौपाने एवं कमल दाहाल अमेरिकाको बोस्टनतर्फ प्रस्थान गरेका छन् । यसपटकको एमडीआरटी कार्यक्रममा अमेरिका जान लागेका नेपालका तीन जना अभिकर्ताहरु मध्ये दुई जना अभिकर्ता रिलायन्स लाइफ इन्स्योरेन्सको रहेको कम्पनीले जनाएको छ । 

बिमा क्षेत्रमा लागेको केही बर्षमै एकपछि अर्को सफलता प्राप्त गर्दै गइरहेका अभिकर्ता लिडरद्धयलाई रिलायन्स लाइफ इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा एक कार्यक्रमआयोजना गरी शुभकामना साथै बिदाई गरेको छ । सो कार्यक्रममा लिडर द्धयलाई दोसल्लाओढाई सम्मानगनुका साथै राष्ट्रिय भावनाको प्रतिक राष्ट्रिय झण्डा समेत हस्तान्तरण गरिएको थियो ।

आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले समग्र देश एवं उत्कृष्ट बिमा क्षेत्रको प्रतिनिधित्व गर्दै संसारभरिका उत्कृष्ट बिमा मध्यस्थकर्ताहरुकोमाझ उपस्थिति जनाउन गएकोमा गर्व गर्दै सो कार्यक्रम तथा भ्रमण क्रममा सिकेका कुरालाई देशमा कार्यरत अन्य बिमा माझ प्रस्तुत गरेर बिमा क्षेत्रको बिकासमा योगदान दिन लिडर द्धयलाई अनुरोध गरे । बिमाकर्मी नमिता न्यौपानेले आफु सदैव बिमा क्षेत्रको बिकासमा लागिरहने बताउदै यस्तो मौका श्रृजना हुने वातावरण प्रदान गरेकोमा कम्पनीप्रति धन्यवाद जनाईन ।

रिलायन्स लाइफका अग्रणी अभिकर्ता नमीता न्यौपाने यसअघि पनि तीन पटक एमडिआरटी तथा सिओटीको रुपमा सो कार्यक्रममा छनौंट भएका थिए भने अर्का अभिकर्ता कमल दाहाल दोश्रो पटक सो कार्यक्रममा छनौट भएका हुन । सक्रिय सामाजिक अभियन्ता न्यौपाने तथा सहकारीकर्मी समेत रहेका दाहाल नेपाली बिमा क्षेत्रका उत्कृष्ट अभिकर्ता तथा धेरै बिमाकर्मीका प्रेरणाको श्रोत रहेको कम्पनीले जानकारी दिएको छ ।