६ असार, काठमाडौं
मलेसियामा जारी भएको एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपालले बहराइनलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ ।
यो जितसंगै नेपालले समूह बीबाट ६ जोडेर शीर्षस्थानमा रहदै सेमिफाईनलमा स्थान पक्का गरेको छ ।
मलेसियास्थित किनरारा क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका बलर कविता कुवँर, अस्मिना कर्मचार्य र सबनम राईले समान २ विकेट लिदैँ बहराइनलाई १४ रनमै समेटेपछि नेपालले सहज जित निकालेको हो ।
बहराइनले दिएको १५ रनकोे लक्ष्य नेपालले ३.४ आभरमा २ विकेट पूरा गरेको हो । वर्षाका कारण सात ओभरमा
घटाइएको खेलमा बहराइनले निर्धारत ७ ओभरमा ६ विकेट गुमाउँदै जम्मा १४ बनाएको थियो ।
१५ रनको लक्ष्य भेटाउने क्रममा नेपालकी सीता राना मगरले ४ रन र कविता जोशीले ३ रन बनाए भने नेपालले अतिरिक्त ८ रन पायो । बहराइनका लागि पविथ्रा सेट्टी र भिल्सिता बर्बोजाले १–१ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन १४ रनमा अलआउट भएको थियो । बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन् भने सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् ।
यसअघि नेपालले पहिलो खेलमा भटानलाई ५० रन र दोस्रो खेलमा कवेतलाई २५ रनले हराएको थियो ।