काठमाडौँ - माछापुच्छ्रे बैंकले तलबी खातामा रहेको बीमा सुविधा अन्तर्गत रकम भुक्तानी गरेको छ । बैंकका अनुसार सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई सात लाख रुपैयाँ भुक्तानी गरिएको हो । चौधरीको दुर्घटनामा मृत्यु भएको थियो ।
बैंकले शुन्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकलाई सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँ बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र १० हजार रुपैयाँसम्मको औषधि खर्च सुविधा दिने गरेको जानकारी दिएको छ ।