धेरै समय भएछ,
तिमिले दिएको एउटा पुस्तक,
धुजा धुजा भएछ,
तै पनि तेस्मा प्यारका आँसु थोपा थियो,
तिम्रो मुस्कान अझै ताजै थियो,
पुस्तक दिने निहुमा,
चिहाइ चिहाइ यता उता हेरेको नजर थियो,
अझ भित्री पुस्तकको किनारमा लेखिएका ती हरफहरु,
असल जीवन जीउने हो भने मान्छेमा,
प्रेम र करुणा हुनुपर्छ,
जसले शक्तिसाली
बनाउछ,
सम्झेको छु ती हरफहरु,
साचेको छु ती प्यार र आसुका ढिकाहरु,
तेसैले पुरानो हुदानी,
जतन गरेकोछु,
तिमिले दिएका ती,
पुस्तकका पानाहरु।
-बाम देब ज्ञवाली