images
images

आजको मौसम: बागमती र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ - मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका केही स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आँकलन गरिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

मंगलबार सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।