काठमाडौं, असार २
काठमाडौं महानगरपालिका–३२ मनोहरा करिडोर खोलाको छेउमा सिन्धुपाल्चोक बाह्रविशे नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–३२ सनराईज चोक बस्ने ६० वर्षीय गोबिन्द बहादुर थापा बुधबार मृत अवस्थामा फेला
परेका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिका–२ कुम्वियास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।