काठमाडौँ : यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो । स्पेनको जितमा कार्लोस सोलेर र पाब्लो सराबियाले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई २-० को जित दिलाए । जितसँगै स्पेन लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ ।
स्पेनले ४ खेलमा ८ अंक जोडेको छ ।
चेक रिपब्लिक ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।