images
images

मतदानका दिन आन्तरिक उडान बन्द हुने

काठमाडौँ l आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनको दिन सबै आन्तरिक उडान बन्द हुने भएकाे छ ।

वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जानकारी दिएकाे हाे ।

सङ्घले आज एक विज्ञप्ति प्रकाशन गर्दै निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आवद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका जनाएकाे छ ।