काठमाडौं - सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र अलफ्ट काठमाण्डौं, ठमेलबीच विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई अलफ्ट काठमाण्डौं, ठमेलको नुक, डब्लुएक्सवाईजेड र रि फ्युल रेष्टुरेन्टमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र एलोफट होटेल काठमाण्डौंका तर्फबाट बजार प्रमूख पवनराज भण्डारीले हस्ताक्षर गरेका छन् ।
बैंकले देशभर एक सय ४४ वटा शाखा, १० वटा एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र एक सय १५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।