images
images

विपन्नहरुलाई कपडा वितरण

जुनिसा पौडेल, पूर्वाञ्चल संवाददाता
झापा, २९ पौष । 
हिजो एक कार्यक्रम मार्फत भद्रपुरको सुकुम्वासी टोलमा न्यानो कपडा वितरण गरियो । कमजोर आर्थिक अवस्थाका कारण जाडोमा अफ्ठ्यारो अवस्थामा रहेका केटाकेटी तथा वृध्दहरुलाई लक्षित गरि गरिएको  उक्त  कार्यक्रममा कसैको प्रयोगमा नआएका र नयाँ कपडाहरु वितरण गरियो । 

 

भद्रपुर जुनियर जेसिसका अध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षता तथा भद्रपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राम दाहालको प्रमुख आतिथ्यमा उक्त कपडा वितरण कार्यक्रम संचालन गरिएको थियो । सो कार्यक्रममा जेसिसका  पूर्व अध्यक्ष डिल्लिराम पोखरेलको सहभागिता थियो भने वडा सदस्यहरु तथा वडा प्रहरीको पनि उपस्थिति रहेको थियो ।  जेसिसले जाडोमा समस्यामा परेका व्यक्तिहरुको खोजी गर्दै कपडा वितरण गर्ने कार्यक्रमको सन्दर्भमा यो मौसममा यो दोस्रो कार्यक्रम थियो । हामीले सक्ने सहयोग गरौं भन्ने उद्देश्यका साथ गरिएको यो कार्यक्रम मार्फत हजारौं व्यक्तिहरुले राहत पाउन सकेका छन । यस पटकको कपडा वितरण कार्यक्रमका लागि काठमाडौं स्थित आईसीए नेपालको विशेष सहयोग रहेको थियो र त्यस कपडा लगाउन नपाएका मानिसहरुलाई दिदा उनीहरुको ओठमा मुस्कान आउन्छ, त्यो कपडा प्रयोग न्यानो हुन्छ ।