काठमाडौँ - आफू भन्दा कनिष्ठ एआईजीलाई नेपाली कांग्रेसकाे नेतृत्वकाे गठबन्धन सरकारले धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै न्याय खाेज्दै सर्बाेच्च अदालत पुगेका नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलको मुद्दाकाे सुनवाई आज २०७९ असार ५ गते हुँदैछ ।
एआइजी विश्वराज पोखरेलले आफू वरिष्ठ एआइजी हुँदाहुँदै सरकारले धिरजप्रताप सिंहलाई आइजीपीमा नियुक्ति गरेको भन्दै उक्त निर्णय बदर गरी आफूलाई आईजीपीमा नियुक्ति दिलाउन परमादेशको समेत माग गरेर रिट दायर गरेका छन् ।
कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको पूर्ण इजलासमा परेको उक्त मुद्दाको सुनुवाइ नसकिएपछि २०७९ असार ५ गतेका लागि हेर्दाहेर्दैमा राखिएको छ ।आज पनि उक्त मुद्दा कामु प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।