काठमाडौँ - प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।
वैशाख १८ गते मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि वरिष्ठता मिचेको भन्दै १६ महिना सिनियर एआईजी विश्वराज पोखरेल सर्वोच्च पुगेका थिए । उक्त रिटमा वैशाख २२, जेठ १७ गरी दुई पटक सुनुवाइ भइसकेको छ ।
अन्तिम सुनुवाइका लागि आज (सोमबार) को मिति तोकिएको थियो । मुद्दा हेर्दाहेर्दैमा राखेपछि अब इजलास परिवर्तन नगरी मुद्दाको सुनुवाइ हुने भएको छ । अर्को सुनवाइका लागि असार ५ गतेको मिति तोकिएको छ ।