काठमाडौँ - सरकारले इन्टरनेटको सेवाशुल्क घटाउने भएको छ ।
आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।
उनले इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन इन्टरनेट सेवा शुल्क घटाउने बताए । यस्तै दूरसञ्चार सेवालाई गुणस्तरीय, प्रभावकारी र सर्वसुलभ बनाउने कार्यक्रम समेत सरकारले सार्वजनिक गरेको छ ।