images
images

वरिष्ठ तबलावादक पण्डित अच्युतराम भण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना

काठमाडौँ - वरिष्ठ तबलावादक पण्डित अच्युतराम भण्डारीको नाममा संगीत प्रतिष्ठान स्थापना भएको छ । वरिष्ठ गीतकार यादव खरेलले अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको राजधानीमा एक कार्यक्रमबीच उद्घाटन गरे । 

खरेलले प्रतिष्ठानले तवला र तालको महत्वलाई अझ प्रभावकारी ढंगले आम संगीत पारखीसम्म पु¥याउनका लागि महत्वपूर्ण कार्य गर्ने धारण राखे । वरिष्ठ कलाकार हरिहर शर्माले संगीत र कलाले व्यक्तिलाई आत्मनिर्भर बनाउनुका साथै स्वाभिमानी बनाउन सिकाउने बताए । वरिष्ठ साहित्यकार विजय चालिसेले प्रतिष्ठानले नेपाली संगीत क्षेत्रलाई पुर्नजीवित बनाउने कार्य गरेको टिप्पणी गरे । प्रतिष्ठानका संरक्षक पण्डित अच्युतराम भण्डारीले प्रतिष्ठान मार्फत विपन्न वर्गका बालबालिकालाई निशुल्क तबला प्रशिक्षण दिइने जानकारी दिए ।

प्रतिष्ठानका अध्यक्ष सीता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा संगीतज्ञ गोपालनाथ योगीलाई नगद १० हजार सहित सम्मान गरिएको थियो ।