images
images

के-के निर्णय भयो बालेनको नेतृत्व बसेको पहिलो बैठकमा ?

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले रेष्टुरेन्ट, होटल पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने र तत्काल फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ ।

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले ति स्थानका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । 

साहले तीन दिनदेखि उठ्न नसकेको  काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्ने र सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम सक्दो छिटो गर्न प्रस्ताव गरेका छन् ।

उनले कार्यपालिका सदस्यहरूमाझ तत्काल दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्न र नागरिकको समस्या समाधानका लागि कल सेन्टरको स्थापना गर्ने र त्यसमार्फत नागरिकको समस्या तत्काल सुन्ने अभ्यासमा जानुपर्ने धारणा राखे ।

त्यसअघि पदभार ग्रहण गर्दै मेयर साहले बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।