७ असार, काठमाडौं
हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधानको माग राख्दै बुधबारदेखि वायू सेवा सञ्चालक संघ नेपालले नियमित उडान रोक्ने घोषणा गरेको छ ।
संघले मंगलबार पत्रकार सम्मेलनमार्फत ५ बुँदे माग अघि सार्दै उक्त माग सम्बोधन नभएसम्म उडान रोक्ने घोषणा गरेको हो ।
विमानस्थल सेवा शूल्क नियमावली २०७८ मा यात्रु
सेवा शूल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शूल्क वृद्घि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।
यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनपर्ने माग संघको छ ।