वन जंगल मासिए , सन्धीसर्पन सिद्धिए
पशुपालन घट्दो छ , किसानहरू तड्पिए
पाटीपौवा,जल-श्रोत मूल-पानी कहाँ गए?
वर-पीपल,स्वामी र चौपारी ख्वै कहाँ पुगे ?
युवाशक्ति बिदेशिंदा उर्बरभूमि बन्जर
बृद्ध बाबु र आमाको स्याहार कल्ले गर्छ र ?
भ्रष्टाचार
छ सर्बत्र कसरी देश बन्छ र ?
उठ जाग नेपाली हो देश राख्न सुरक्षित
श्रम शिल्प र सिर्जना देशभित्रै लगाउनू
आफ्नै बुद्धि विवेकले मातृभूमि सजाउनू
नौला तरक्की प्रबिधि सिके हुन्छ बिदेशमा
उद्योग् धन्दा र व्यापार फस्टाउनुछ स्वदेशमा।