images
images

सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बिच सम्झौंता

काठमाडौँ - सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले एक आपसमा गाभ्ने-गाभिने को लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

शेयर स्वाप अनुपात प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको एक कित्ता शेयर वराबरसिद्धार्थ इन्स्योरेन्स लिमिटेडको एक कित्ता (१ः१) हुने गरी भएको प्रारम्भिक समझदारीमा सिद्धार्थ इन्स्योरेन्सको तर्फवाट अध्यक्ष रतनलाल केडिया तथा प्रिमियर इन्स्योरेन्सको तर्फवाट अध्यक्ष सुरेश लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

सो समारोहमा दुवै कम्पनीको सञ्चालकहरु एवम् वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।