images
images

आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै, आउँला अन्तिम फैसला ?

काठमाडौँ - नेपाल प्रहरीको आईजीपी विवाद मुद्दामा आज जवाफी बहस हुँदैछ ।

रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । यो मुद्दामा आज अन्तिम फैसला आउनसक्ने जनाइएको छ । 

मुद्दाको सुनुवाई का.मु प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाई भइरहेको छ ।

सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आईजीपीमा बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाउ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाई सुरु भएको थियो।

त्यसपछि असार ५, असार १३ र असार १९ गते बहस भएको थियो। निवेदक र त्यसपछि सरकारी पक्षको बहस सकिएपछि फेरि निवेदकले जवाफी बहस गर्न लागेका हुन्। यसअघि आइतबार  (हिजो) का लागि पेशी तोकिएपनि सार्वजनिक विदा परेपछि सोमबारका लागि सारिएको हो।