न सोध मलाई कहाँ दुख्छ घाऊ ?
अति गहिरो छ यो अदृश्य घाऊ ।
नारायण गोपालको घाऊ ,
एण्टोन चेखबको घाऊ ,
मलाई पनि छ कि त ,
त्यस्तै अदृश्य घाऊ ?
सक्छौ भने त आऊ ,
केही मल्हम लगाऊ ।
मेरो कर्म , कुकर्म —
दोष् क्यै भए बताऊ !
लाेहेरोले के जानोस ,
अचानोको त्यो चोट ?
सक्छौ
भने बताई देऊ
मेरो छ कि क्यै खोट ?
कति छ मर्मभेदी —
अमूर्त बचन-बाण त्यो !
क्यै भूल भयो कि मेरो ,
भ्रम-जालको हो पाशो ?
माया, क्षमा र प्रेम ,
सहिष्णुता हरायो !
अमूर्त हुन्छ शब्द
तर प्रभाब गहिरो ।
पूर्बाग्रह मुक्त भई ,
सुझ्-बुझ राखे हुन्थ्यो !
समयले पुर्ने घाऊ —
हो कि यो ह्वैन के हो ?