images
images

आबरण र सपना 

रंगीन औ आकर्षक खोलहरूभित्र लुकेका
ती काला कर्तुतहरू   !
हाम्रो हुर्मतमाथि निर्घात कब्जा जमाएर
ठड्याइएका ती आलिशान महलहरू !

 

जब नेपथ्यमा निहित  यिनका पोल 
साराका सारा खुल्नेछन् एक दिन
तब ती अलंकृत खोल पोली 
एउटै चिहान बनाइने छ

 

एउटा कालो रात ढलेर
सुनौलो प्रभात उदाउनेछ ।
मनका द्वेष , कल्मश फारी
उत्साह-उमंग  छाउनेछ  । 
पुनश्च यहाँ एक दिन —
एउटा नब यूग उदाउनेछ ।