एजेन्सी– स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ।
गए राति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै मड्रिड फाइनल प्रवेश गरेको हो। मड्रिडले सिटीलाई समग्रमा ६-५ ले हराएको हो।
मड्रिडकाे घरेलु मैदानमा भएकाे खेलमा राेड्रिगाेले दुई, करिम बेन्जिमा र रियाज महरेजले एक-एक गाेल गरे ।
पहिलाे हाफमा कुनै पनि टिमबाट गाेल हुन सकेन। दुवै टिमले पाएका केही अवसर सदुपयाेग गर्न सकेनन्।
खेलकाे ७३ औँ मिनेटमा महरेजले गाेल गरी सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलकाे ९० औँ मिनेटमा राेड्रिगाेले गाेल गरी मड्रिडलाई बराबरीमा ल्याए। पहिलाे गाेल गरेकाे एकै मिनेटपछि राेड्रिगाेले व्यक्तिगत दाेस्राे गाेल गर्दै मड्रिडलाई २-० ले अगाडि बढाए।
इन्ज्युरी समयमा करिम बेन्जिमाले पेनाल्टीमार्फत् गाेल गरी मड्रिडलाई सानदार जित दिलाए।
पहिलो लेगमा मड्रिड ४-३ ले पराजित भएकाे थियाे। मड्रिडले अब फाइलनमा लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल मे २९ मा हुनेछ।