images
images

पानीको बहाब बढेसँगै विद्युत् उत्पादन वृद्धि

काठमाडौँ - अविरल वर्षापछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादनमा वृद्धि भएको छ । नदीमा पानीको बहाब बढेसँगै केन्द्रबाट ६९ मेगावाट विद्युत् उत्पादन भएको हो । सुक्खायाममा पानी कम हुँदा विद्युत् उत्पादन घटेर ४० मेगावाटको हाराहारीमा पुग्ने गरेका थिए ।

हाल पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख बद्री फुँयालले जानकारी दिए । केन्द्रका तीन युनिटबाट २३–२३ मेगावाटका दरले विद्युत् उत्पादन भइरहेको छ । तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी र खोलामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादन बढेको हो । उक्त केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।–रासस