काठमाडौँ - पाँचथरको फिदिम नगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका तार्फबाट नेपाली कांग्रेसका मेयर उम्मेदवार मित्रप्रसाद काफ्ले ९ हजार ६२८ मतसहित निर्वाचित भएका हुन् ।
मेयर पदका प्रत्यासी नेकपा एमालेका उम्मेदवार गृथ्वी लावती ९ हजार २७ मत प्राप्त गर्दै पराजित भए ।
उपमेयर पदमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तार्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राधाकृष्ण न्यौपाने ८ हजार ७७३ मतसहित निर्वाचित भए ।
उपाध्यक्षका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जगतप्रसाद थापा मगर ५ हजार ५७८ मत प्राप्त गर्दै पराजित भए ।