images
images

तत्काल एन्फा कार्यसमिति बैठक बोलाउन माग

काठमाडौँ l अखिल नेपाल फुटबल संघ एन्फाका तीन उपाध्यक्ष र एक सदस्यसहित चार जनाले तत्काल कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।

राष्ट्रिय फुटबल टिमका खेलाडी र मुख्य प्रशिक्षकबीच उत्पन्न विवाद अत्यन्त संवेदनशील विषय भएको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ, उपाध्यक्षद्वय कृष्णबहादुर थापा, वीरबहादुर खड्कासहित केन्द्रिय सदस्य दावा लामाले बैठक माग गरेका हुन् ।

यो विषयमा अध्यक्ष कर्मा छिरिङ शेर्पासँग छलफल गर्ने कुरा भए पनि भेट नभएपछि एन्फामा पत्र नै दर्ता गरेको वरिष्ठ उपाध्यक्ष पंकजले बताए ।