एजेन्सी - आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आयोजक मलेसियालाई जितका लागि ८७ रनको लक्ष्य दिएको छ ।
मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो।
नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाईन् । यस्तै आश्मा पुलामी मगरले २६ रन जोडिन् ।
सृष्टि जैशी, सानु राजवंशी र अनु कडायतले समान ३/३ रन जोड्दा कप्तान कृतिका मरासिनीले १ रन जोडिन् ।
किरण कुमारी कुँवर सुन्य रनमा आउट भईन् ।
मलेसियाकी नुर सामेदले २ विकेट लिईन् ।
नेपालको विश्वकप सपना भने समाप्त भईसकेको छ । तर, नेपाल आज मलेसियालाई हराएर छनोटमा सुखद अन्त्य गर्न चाहन्छ ।
अघिल्लो ४ खेलमा नेपालले दुई जित र दुई हार व्यहोरेको छ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । तर, दोस्रो खेलमा ८ रनमा अलआउट भएको नेपाल युएईसँग १० पराजित भएको छ ।
तेस्रो खेलमा नेपालले भुटानलाई ४ विकेटले हराएको थियो । चौंथो खेलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको थियो ।
नेपाल ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
मलेसिया ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
मलेसिया पनि नेपाललाई हराएर छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकामा आयोजना हुने यू-१९ को विश्वकप खेल्नेछ ।
छनोटमा युएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।