काठमाडौं - गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ ।
सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ ।
गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ । पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन, अमृत चापागाईंको सम्पादन रहेको छ ।
भिडियोमा ठाकुर गौचन, करिश्मा ढकाल, अमर थापा, पुस्कर बिबेक थापा र गणेश नेपालीको अभिनय रहेको छ ।