images
images

कात्तिक अन्तिम वा मंसिर पहिलो सात संसदीय निर्वाचन गर्ने तयारी

काठमाडौँ - सत्तारुढ गठबन्धनले आगामी कात्तिक अन्तिम साता वा मंसिरको पहिलो हप्ता संसदीय निर्वाचनको तयारी थालेको छ ।

सोमबार सत्ता गठबन्धन र मंगलबार भएको सत्ता गठबन्धन संयन्त्रको बैठकमा संसदीय निर्वाचनकाको बारेमा छलफल भएको हो । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल भएको पुष्टि गरे ।

स्रोतका अनुसार नेता खनालले कात्तिकमा संघीय चुनाव गर्न प्रस्ताव गरेका थिए । स्रोतका अनुसार गठबन्धन संयन्त्रको बैठकमा पनि माओवादी केन्द्रले कात्तिक पनि संघीय र प्रादेशिक चुनावको प्रस्ताव गरेको छ ।

यसअघि २०७४ मंसिरमा संसदीय निर्वाचन सम्पन्न भएको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले मंसिर १० र २१ गते दुई चरणमा संसदीय निर्वाचन गरेको थियो। प्रदेशसभाको चुनाव पनि सँगै भएको थियो ।

स्रोतका अनुसार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कात्तिकमा संघीय र प्रादेशिक चुनाव गर्नेगरी सम्मानजनक तालमेलको कुरा उठाएको थियो ।