एक आर्थिक बर्षमा कमायो दुई अर्ब ५४ करोड रुपैंयाँ खुद मुनाफा
काठमाडौं, साउन १२
एभरेष्ट बैंकको खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले आर्थिक बर्ष २०७८–०७९ मा दुई अर्ब ५४ करोड ६० लाख ५९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा एक अर्ब ७७ करोड नौं लाख ३९ हजार रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुंजी नौं अर्ब ४६ करोड ७३ लाख ४० हजार रुपैंयाँ रहेको बैंकले आव २०७८–०७९ मा एक खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख ८५ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ४५ अर्ब ४७ करोड ५० लाख ७० हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँँच अर्ब ४२ करोड ५९ लाख ७७ हजार
रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव छ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने तीन अर्ब ८९ करोड ५४ लाख ५४ हजार रुपैंयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ६० अर्ब २२ करोड दुई लाख ५७ हजार रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ६८ करोड ७२ लाख २५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ९५ करोड ६३ लाख १९ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव २४ प्रतिशत रहेको थियो ।