काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
अब नयाँ डिम्याट खाता खोल्नपरेमा ग्राहकहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरबाटै डिम्याट खाताका लागि आवेदन दिन सक्ने छन् । यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई वा सोझै अनलाईन डिम्याट डट सिद्धार्थ क्यापिटल डट कममा गई आवश्यक विवरण भरी सहजरुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन । ग्राहकहरुले डिम्याट खाताको लागि आवेदन दिनुका साथै मेरोशेयर र सीआरएनको लागि समेत आवेदन दिन सक्नेछन् ।
ग्राहकहरुले पेस गरेको आवेदनलाई सिद्धार्थ क्यापिटलले डिम्याट खाता खोल्ने प्रक्रिया अघि बढाई फ्रिज स्थितिमा डिम्याट खाता खोल्नेछ । डिम्याट खाता खोलीसके पश्चात् ग्राहकहरुलाई व्यक्तिगत प्रमाणीकरणको लागि परिचय खुल्ने कागजातहरू सहित ६० दिन भित्र नजिकको बैंक शाखा वा क्यापिटलमा उपस्थित हुन इमेल र एसएमएस मार्फत जानकारी गराइने छ । ग्राहकहरुले परिचय खुल्ने कागजातहरू सहित स्वयं उपस्थित भए पश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गरी डिम्याट खाता सक्रिय गर्नेछ ।
साथै, ग्राहकहरुले मेरो शेयर र सीआरएनको लागि आवेदन दिएको छ भने मेरो शेयर र सीआरएनको प्रक्रिया अघि बढाई ग्राहकहरुलाई आवश्यक विवरणहरु इमेल मार्फत प्रदान गरिने छ । बैंकले ल्याएको अनलाईन मार्फत डिम्याट खाताका लागि आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस व्यवस्थाले बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बन्ने छ ।
यसबारे विस्तृत जानकारी नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित माध्यमबाट सम्पर्क गरी प्राप्त गर्न सक्ने छन् ।