काठमाडौँ - मेटलाइफका सिनियर भाइस प्रेसिडेण्ट तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाले एजेन्सी एसिया वितरणका भाइस प्रसिडेण्ड मारवान माटरसँगै नेपाल भ्रमण गरेकी छन् । आफ्नो पाँच दिने भ्रमणको क्रममा, मेटलाइफ नेपालको मुख्य कार्यालयको भ्रमण गर्नुका साथै कम्पनीका सबै प्रमुख सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल गरेको कम्पनीले जानकारी दिएको छ ।
बीमा उद्योगमा २० वर्षभन्दा बढी अनुभव संगालेकी बुटारोभा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम जस्ता एशियाका फस्टाउँदै गएका बजारहरूमा मेटलाइफको व्यवसायको जिम्मेवारी सम्हाली रहेकी छन् । उनको प्राथमिकतामा डिजिटाइज्ड ब्यापारिक प्लेटफर्मको विकास, क्षेत्रीय क्षमताहरूमा सहकार्य र सह–लगानी बढाएर यी बजारहरुमा व्यवसाय वृद्धि गर्नु रहेको छ ।
बुटारोभाले नेपाल भरी बलियो वितरण सञ्जालको विकासलाई निरन्तरता दिनमा केन्द्रित रहेको नेपाल व्यवस्थापन टोली, एजेन्सी र वितरण प्रतिनिधिहरूसँग भेटघाट गरेकी थिइन् । उनले वार्षिक अवार्ड नाइटमा वर्षभरि उत्कृष्ट प्रस्तुति गर्ने योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र फिल्ड प्रतिनिधिहरूलाई सम्मान गरेकी थिईन् । उनले ग्रामीण समुदायको उत्थानका लागि माइक्रो इन्स्योरेन्स क्षेत्रलाई विस्तार गर्ने विषयमा पनि छलफल गरि सरोकारवालाहरुको ध्यानाकर्षण गराएकी थिइन् ।
उनले मेटलाइफ नेपालको वुमेन्स बिजनेस नेटवर्क सँगको अन्तरक्रियात्मक कार्यक्रममा भागलिई महिलाको कार्य-जीवन सन्तुलन तथा भावनात्मक र मानसिक स्वास्थ जस्ता क्षेत्रहरूमा आफ्ना विचारहरू ब्यक्त गर्नुका साथै उनीहरूका उपलब्धिहरू र नियमित कार्यक्रमहरूको प्रशंसा गरेकी थिइन ।साथ-साथै उनले महिलाहरूलाई कम्पनी भित्र शीर्ष व्यवस्थापन पदहरूमा सहभागिता हुन उत्प्रेरित गरेकी थिइन् । तेसैगरी युरोप, अफ्रिका र एशियामा एजेन्सी वितरणको व्यापक अनुभव बोकेका मार्वन मटरले विभिन्न एजेन्सी कार्यालयको पनि भ्रमण गरेका थिए र एजेन्सी कार्यकारीहरू, युनिट प्रबन्धकहरू र फिल्ड प्रतिनिधिहरूलाई बलियो एजेन्सी र वितरण नेटवर्कको प्रभावकारी रूपमा निर्माण र सञ्चालन सम्बन्धी प्रशिक्षण दिएका थिए ।
मेटलाइफ नेपालका बारेमा
मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।
मेटलाइफको बारेमा
मेटलाइफ ईन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनी मेट लाईफका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो । सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढी बजारहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।