images
images

भारतले गहुँपछि चिनीको निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा हाहाकार मच्चिने आकलन

काठमाडौँ - भारतले गहुँपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो।

६ वर्षमा पहिलो पटक भारतले चिनी निर्यातमा सीमा तोकेको छ। सरकारले यो सिजनका लागि एक करोड टन निर्यातको सीमा तोकेको छ।

घरेलु बजारमा मूल्य नियन्त्रण गर्न पछिल्लो कदम चालिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। देशका मिलहरूले विश्व बजारमा कीर्तिमानी मात्रामा चिनी बिक्री गरेका छन्।

१ जुनदेखि ३१ अक्टोबरसम्म विदेशमा कुनै पनि ढुवानीका लागि निर्यातकर्ताहरूलाई सरकारसँग अनुमति माग्न सरकारले जारी गरेको आदेशमा उल्लेख छ।

भारत संसारकै सबैभन्दा धेरै चिनी उत्पादन गर्ने देश हो। भारत ब्राजिपछिको दोस्रो ठूलो निर्यातकसमेत हो।

भारतले चिनी निर्यातमा रोक लगाउने भएपछि नेपालमा हाहाकार हुनसक्ने विगतको तथ्याङ्कले देखाएको छ । भारतले चिनी निर्यातमा रोक लगाएको चार महिनाको अवधिमा नेपालमा ठूला चाडपर्व सबै पर्छन् । ती चाडपर्वमा अन्य आठ महिनाको तुलनामा झण्डै आधा चिनीको खपत हुने गरेको छ ।