images
images

अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर छानबिन गर्नुपर्छ : गगन थापा

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले पटकपटक विवादमा आएका माओवादीका अर्थमन्त्री जनार्दन  राजीनामा दिनुपर्ने बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले अर्थमन्त्रीले कि त राजीनामा दिनुपर्ने कि त प्रधानमन्त्रीले हटाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ र तत्काल छानबिन गर्नुपर्छ ।‘

कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने नियमलाई लात मार्दै अर्थमन्त्रालयले १३ दिनमै डिलेट गरेको जानकारी गराएको थियो ।