आबरण मात्र हेरेर के थाह हुन्छ ?
मुहार आफै बोल्ला न बोल्ला -
आफू स्वयंलाई अनुभूत नै छ
आफ्नै ब्यथाको गहिराई कति छ ?
जीबनका कठाेर मोडहरूमा —
ब्यक्त- अब्यक्त जटिल कथाहरू !
फलामे जंजीरभित्र कैद भएका -
कहाली लाग्दा ती रातहरू !
चार दिवारभित्र खुंच्याइएका
हृदयभरिका ती संबेदनाहरू !
मेरो कोमल भाबुकतामा —
खेलाँची गर्ने ती ढोंगीहरू !
बाल सैनिक भर्ति गरेर —
नेता बन्ने यी पाखण्डीहरू !
कैय्यौं किशोर किशोरीलाई—
हिंश्रक तुल्याउने बन्दुक भिराई !
नायक हुन् वा खलनायक हुन्
नेता हुन् वा अभिनेता हुन ,
कुन्नि के हुन् , उनै जानुन् !
बिश्वाश-घातको चरम नमूना —
यस्तै कथित नेता नै हुन !
निर्दोष बाल-बालिकाको ,
भबिष्यमा घात पुर्याउने —
सपना-बिपना केही न मिल्ने
भ्रम-जालको खेती गर्दै —
भ्रष्टाचारको शिखर ठड्याउने !
एक दिन अबश्य आउनेछ यहाँ ,
भ्रमका सारा पर्दा च्यात्दै —
चेतनाको हुरी बतास ,
एक सुनौलो प्रभात लिएर !