images
images

२१ वर्षमै राजनीति यात्रा तय गर्दै स्वेता

काठमाडौँ । युवावर्गमा राजनीतिप्रति उच्च नैराश्यता रहेता पनि उक्त नैराश्यतालाई सुधारका निम्ति पहल कदमी भने शून्य बराबर रहेको पाइन्छ l यसै शून्यतालाई काट्दै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट २१ वर्षको उमेरमै स्वेताकुमारी हरिजनले राजनीति यात्रा तय गरिकी छन् l सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका–६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।

स्वेताले दलित महिला सदस्यको रूपमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

रूपन्देहीका  १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उनी नै सबैभन्दा कान्छी उम्मेदवार हुन् ।

म आफैँ पनि पिछडिएको समुदायकी युवती भएकाले यो समुदायका लागि केही गर्न सक्छु भन्ने लागेर उम्मेदवारी दिएको स्वेताले बताइन् । उनले युवाहरुको जोश र जाँगरले मात्रै विकासमा गतिशिलता आउने भन्दै स्थानीय तहमा युवाहरु नै जनप्रतिनिधिको रुपमा आउनुपर्ने आफ्नो मान्यता रहेको पनि सुनाइन् ।

स्वेता हाल स्नातक तहमा अध्ययनरत छिन् । विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उनको भनाइ छ ।