images
images

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी भण्डारी दधिकोटबाट पक्राउ

काठमाडौँ - बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी सिताराम भण्डारी भक्तपुरको दधिकोटबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बैंकिङ कसुरका फरार प्रतिवादी  लिसंखुपाखर ६ सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको दधिकोट बस्ने ३० बर्षिय भण्डारीलाई पक्राउ गरिएको हो । 

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनको बिसं २०७९ जेठ १० गतेको फैसलाले पाँच लाख रुपैंयाँ जरिवाना तोकिई फरार रहेका भण्डारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार भक्तपुरको दघिकोटबाट पक्राउ गरेको हो । कार्यालयका अनुसार पक्राउ परेका भण्डारीलाई बुधबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईएको छ ।