images
images

‘डिजिटल करेन्सी’ ल्याउन राष्ट्र बैंकको तयारी

डिजिटल करेन्सीमा राष्ट्र बैंक तयारी
काठमाडौँ l पछिल्लो समय संसारभर विकसित भइरहेको विद्युतीय भुक्तानी र डिजिटल करेन्सीको व्यापकताबाट कुनै मुलुक अछुतो रहन सक्दैन, अझ नेपालको हकमा छिमेकी मुलुक भारत र चीनले डिजिटल मुद्रा जारी गर्ने तयारी गरेको अवस्थामा छ l

त्यसैले विश्वमा बढ्दै गएको अभौतिक मुद्रा प्रचलनमा ल्याउने सम्भावनालाई विचार गर्दै नेपाल राष्ट्र बैंकले पनि डिजिटल करेन्सी ल्याउने सम्बन्धनमा अध्ययन अघि बढाएको छ। राष्ट्र बैंकको ६७औं स्थापना दिवसको अवसरमा डिजिटल करेन्सीतर्फ जाने उद्देश्यले 'सेन्ट्रल बैंक डिजिटल करेन्सी' सम्बन्धी अध्ययन गरिरहेको जानकारी गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्।

पछिल्लो समय विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीको निकै चर्चा चलिरहेको छ । यस्तोमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार भन्दै आएको राष्ट्र बैंकले आफ्नै डिजिटल करेन्सी ल्याउन तयारी गरेको हो ।

त्यसका लागि सार्क राष्ट्र अन्तर्गतका केन्द्रीय बैंकहरूको प्रतिनिधि सहितको समूहले कन्सेप्ट पेपर तयार पारिरहेकाे जनाइएकाे छ ।

राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा ल्याउन अध्ययन शुरु गरे पनि बिटक्वाइट, क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्तामा गरिएको लगानी गैर कानुनी नै हुनेछन् । कानुनले बन्देज लगाएका क्षेत्रमा लगानी नगर्न राष्ट्र बैंकले अनुरोध गर्दै आएको छ ।