images
images

देशभर ४५ प्रतिशत मात्रै रोपाइँ

काठमाडौँ - असार अन्तिम हप्तासम्म देशभर ४५ प्रतिशत धान रोपाइँ भएको छ ।

बाली विकास तथा जैविक विविधता केन्द्रका अनुसार गत वर्ष यसबेला ६० प्रतिशत धान रोपाइँ भइसकेको थियो ।

यसपटक मनसुन फरक–फरक तरिकाले सक्रिय भइरहँदा कुनै ठाउँमा बढी र कम रोपाइँ भएको छ । पूर्वी भूभागमा रोपाइँ कम भएको केन्द्रका प्रभुख महानन्द जोशीले जानकारी दिए । यसपटक मल र सिँचाइको अभावले पनि ढिलो भएको उनले बताए ।

हालसम्म प्रदेश १ मा ३२, मधेसमा २०, गण्डकी ४२, लुम्बिनी ५३, कर्णाली ७० र सुदूरपश्चिममा ५५ प्रतिशत धान रोपाइँ भएको छ ।