म अति निराश छु,
मलाई थाहा छ, यो विदाको समय हो,
एउटा उत्सवको समय, हर्ष, कृतज्ञता, खुसी, परिवार, खाना र उपहार दिने समय हो ।
मलाई हतोत्साहित हुन मन पर्दैन, तर म धेरै निराशाको अनुभव गरिरहन्छु ।
जब म आफूभित्र हेर्छु, आफूलाई नियालेर हेर्छु, म आफूमा के पाउँछु ?
आफ्नो नैसर्गिक तथा प्राकृतिक गुण, दूषित, भ्रष्ट, सडन, धोका, छलकपट पाउँछु जसले अरु धेरै मानिसहरूलाई हानि, क्षय तथा भयभीत बनाउँछ ।
मलाई यसबाट छुटकारा पाउन असम्भवप्रायः लाग्छ ।
(म यसबाट छुटकारा पाउन सक्दिनँ) म यसमा चुर्लुम्म डुबेकोछु ।
यो मभित्र छ ।
यो म हुँ ।
यी मेरा भ्रष्टता र छलकपट हुन् ।
त्यसैले यी हानिकारक छन् ।
मेरो नाममा म जे गर्छु या गरिसकँे,
तिनले मलाई र अरुलाई पनि हानि पुर्याउँछन् ।
मैले करदाता लगानीकर्ताको रूपमा श्रमिक भएर अकर्मण्य भएर होस् या हुतिहारा, पानी मरुवा भएर होस्,
जे गरेँ त्यसले अरुलाई हानि गर्यो ।
म असत्य र यातनाको पाशविक तथा विकृत प्रणालीलाई कायम राख्न
सहयोग गर्दैछु ।
यति मात्र होइन संसार भरिकै सीआईएको यातना तथा दमन बाहेक
पृथ्वीमाथि गरिने दमन, यातना,
महिलाहरूमाथि गरिने यातना तथा हेला,
बालबालिकाहरूमाथि गरिने यातना,
स्थानीय नागरिकहरूमाथि गरिने यातना,
गरिबहरूमाथि गरिने हिंसा तथा यातना र आप्रवासीहरूमाथि गरिने हिंसा तथा
यातना र कपडा कम्पनी वा अन्य कम्पनीहरूमा न्युन तलबमा काम गर्ने मजदुर
माथिको शोषण तथा यातनालाई हामी योगदान गर्दैछौं ।
म व्यक्तिगत रूपमा भिरालोमा टाउको जोताएर उभिण्डोपर्ने वा पोखरीको पानीमा टाउकाले टेकेर हिँड्ने अभ्यास गर्दैछैन वा मार हान्ने अर्थात् एकैचोटमा शिरछेदन गर्ने काम गर्दैछैन, तर म यो प्रणालीको एउटा अंग हुँ
जसले एकनासको झर्को लाग्दो आवाज उत्पन्न गरेर हवाई युद्ध, कमजोर राष्ट्रमाथि अस्त्रशस्त्र सहित हमला,
बँधुवा मजदुर, हातमुख जोर्न तथा दुई छाक भात खान धौधौ, मतदाताहरूलाई दिइने अनुचित दवाव,
प्रहरीहरूको ज्यादती, घृणित अपराधहरू,
जीवाष्म ईन्धन र गैरकानूनी खनिज पदार्थ उत्खनन्ले पृथ्वीमा दुष्प्रभाव तथा जहर घोल्ने काम गर्दैछ ।
म गाडीमा टन्न तेल हालेर चलाउँछु ।
म खतरनाक आणविक उर्जाबाट स्वचालित विद्युत सेवा प्रयोग गर्छु ।
म खतरनाक भ्रष्टाचार प्रणालीमा जकडिएको छु ।
हो, हामी प्रयोग भइसकेका विद्युतीय कार किन्न सक्छौं ।
हो, म मेरो विद्युतको स्रोतलाई वायु तथा सौर्य उर्जाको रूपमा परिवर्तन गर्नसक्छु ।
तर के म पशुहरूलाई उनीहरूको आहारा खुवाउन बन्द गर्न सक्छु ?
के म कम ज्यालामा तयार गरिएका कपडा किन्न रोक्न सक्छु ?
के म एकदमै स्वसचेत, बुद्धिमान, परिश्रमी र एकदमै अनुशासित हुन सक्छु ? जसले गर्दा म गल्ती गर्नबाट बच्न सकूँ,
के म प्रणालीबाट बाहिर रहन सक्छु ?
अथवा कोही पनि मानिस दुधले नुहाएर चोखो हुँदैन अथवा सबैमा केही न केही कमी हुन्छ ?
हामी सबै विश्व उद्योग सैनिक साम्राज्यका नागरिक हौं ।
म कसरी आफ्ना कुराहरू राख्छु ?
कसरी बोल्छु ?
आफ्नो डर त्रासलाई कसरी अभिव्यक्त गर्छु ।
मेरा हात र मेरो शरीरलाई पखालेर शुद्ध पारेर
म कसरी रक्तरञ्जित क्रियाकलापहरूबाट आफूलाई पृथक राख्न सक्छु ?
मलाई थाहा छैन ।
म यो विदा मेरो परिवारसँग मनाउनेछु ।
म खुसी हुनेछु ।
म कृतज्ञ हुनेछु तर मेरा भित्र र बाहिरका अत्यधिक पीडाहरूले गर्दा गम्भीर रूपमा निराश पनि हुनेछु ।
म आत्मलोचना गर्नेछु ।
म दुःखी हुनेछु ।
म ती सबै कुराहरू गर्नेछु ताकि संसारमा भएका सम्पूर्ण प्राणी तथा प्रणालीहरूको पीडालाई निवारण गरी राहत पुर्याउन सकूँ ।
यो प्रतिज्ञा मेरा लागि तथा सम्पूर्ण संसारका लागि एउटा उपहार हो,
यो एउटा असम्भवप्रायः प्रतिज्ञा हो,
तर यो मेरा लागि अन्य कुराहरूभन्दा गहकिलो यथार्थ हो ।
मेरो आकांक्षा छ,
यो अहिलेर यहाँ, यति नै बेला चरितार्थ होस् तथा साकार होस् र सदाका लागि होस् ।
मेरो चुँडिएको मुटु
म शनिबारको साँझमा ग्राण्ड सेन्ट्रलमा चिच्याएँ ।
म मेरो युनिभर्सीटीको शिक्षण सकेर स्मुथी र पनीना अर्डर गर्न लाइनमा उभिरहेको थिएँ ।
मेरो पछाडिबाट एकजना मानिसको आवाज आयो र मैले को रहेछ भनी फर्केर पछाडि हेरँे ।
ऊ एउटा जवान मानिस थियो,
उसले बतायो, “ऊ जन्मजात अपाङ्गताको शिकार भएको व्यक्ति हो र अहिले ऊ भोकाएको छ ।”
उसले मसँग केही पैसा माग्यो
उसले मलाई ऊ जन्मजात अपाङ्गता भएको
व्यक्तिको कागतपत्रहरू देखायो ।
मैले उसलाई सोधेँ,
तिमी आफ्नो यो स्थिति सुधार गर्नका लागि के गर्दैछौ ?
उसले भन्यो ऊ आफ्ना लागि आवासको सुविधा प्राप्त गर्नका लागि प्रतीक्षासूची सहित आशावादी थियो ।
मैले आफ्नो पर्स हेरेँ,
तर त्यहाँ कुनै नगद पैसा थिएन ।
मैले आफ्नो ब्रिफकेस हेरँे र ८ डलर भेटेँ ।
मैले उसलाई भने यदि तिमी चाहन्छौ भने सेन्डबिच र पेयपदार्थ लिन
सक्छौ ताकि म मेरो क्रेडिट कार्डबाट पैसा तिर्न सकूँ ।
उसले भन्यो, “यदि ऊ आफैले किन्यो भने बर्गरकिङ जम्मा ९० सेन्टमा किन्न पाउँछ ।”
मैले उसलाई आठ डलर दिएँ र उसको आँखामा ध्यानपूर्वक हेरँे ।
मेरो आँखा आँसुले भरिए र मैले गला अवरुद्ध पार्दै भर्भराउँँदो स्वरमा भनँे, “मलाई आशा छ, तिम्रा लागि एक दिन सबैथोक ठीक हुनेछ र तिमी अन्य मानिस सरह सक्षम हुनेछौ ।”
उसले मलाई अँगालो मार्दै हृदयको अन्तर्कुनाबाट धन्यवाद दियो ।
उसलाई विदाइ गरिसकेपछि म फर्किए र आफ्ना लागि ब्लुबेरी स्मुथी र दहीको लस्सी मगाएँ ।
ऊ गइसकेको थियो ।
मलाई थाहा छैन
कि उसले सुनाएको कथा झुठो होकि सत्य थियो
तर मलाई लाग्छ, त्यो सत्य थियो,
तर यदि उसलाई औषधिको आवश्यकता थियो अथवा कुनै कारणले घरबारविहीन थियो भने पनि त ऊ
मारमा परेकै थियो,
त्यसो हुँदा ऊ सहयोगको हकदार थियो ।
भनिरहनुपर्दैन कि दुनियामा करोडौं मानिसहरूलाई सहयोगकोआवश्यकता
छ ।
मलाई लाग्छ लाखौँ फिलिपिनीहरू भर्खरै आएको सामुद्रिक अाँधीतुफानको
पीडा सम्झेर रातभरि सुत्न सक्दैनन् ।
कसरी हामी उनीहरूलाई सहयोग गर्न सक्छौं ?
हो, हामी चन्दा, अनुदान प्रदान गरेर गर्न सक्छौं
तर यो कहिलेकाहीँ अति कम हुन सक्छ
किनभने घटनाको व्यापकता र अवस्था हेर्दा यो बृहत्, व्यापक र
गहन हुन सक्छ ।
मलाई थाहा छ कि हामीले हाम्रो समाजको पुननिर्माण गर्नुछ,
ताकि यसले सबैका लागि प्रभावकारी काम गर्न सकोस्,
प्रत्येकका लागि अवसर, शिक्षा, आम्दानी र अर्थपूर्ण जीवन उपलब्ध गराउन सकोस् ।
हामीले जीवाष्म इन्धनको प्रयोग रोक्न जरुरी छ जसले भयानक आँधीहुरीको सिर्जना गर्छ ।
हामीहरूले त्यतिबेला अरु बढी गर्नुपर्र्ने छ जब मानिसहरू अत्यधिक पीडाले आहत बन्न पुग्छन् र बर्बराउन थाल्छन् ।
मेरो हृदय पटकपटक, क्षण क्षणमा छियाछिया परेकोछ ।
म अझै पनि जब ठाउँ ठाउँमा जान्छु र मेरो शिक्षण परामर्श, लेखन, अभिव्यक्तिद्वारा मेरो परिवार र मायालु साथीहरूलाई गर्न सकेको सहयोग गर्छु । यो अति न्यून छ, तर यी मैले नैसर्गिक रूपमा प्राप्त गरेका उपहारहरू हुन् ।
म चाहन्छु, मेरो हृदय हाँसिरहोस्,
समानुभूतिपूर्ण प्रेम अरुको सुख, सुविधा, सेवा र आनन्दका लागि बर्सिरहोस् ।
हामी जित्ने छैनौँ यदि कहिलेकाहीँ परिस्थिति एकदमै निराशाजनक बन्न पुग्छ । यहाँसम्म कि हाम्रा सम्पूर्ण असल आसय, सदिच्छा र साहसिक प्रयासहरू गर्दागर्दै पनि पीडा तथा निराशाका घोर छायाँहरूले हाम्रो सुन्दर पृथ्वीलाई पीडित बनाउँछ ।
एउटा व्यक्तिको रूपमा हामी एउटा खुसी तथा आशावादी हुन निर्णय गर्न सक्छौँ तर भविष्य निकै रुखो, कठोर तथा विकट देखिन सक्छ ।
हामी हाम्रो सकारात्मक परिकल्पना सम्बन्धी संभावना र उत्प्रेरणालाई जगाइराख्न के गर्न सक्छौं र कसरी निरन्तरता दिन सक्छौं,
हामी भविष्यमा के भएको हेर्न चाहन्छौँ अथवा हामी
परिकल्पनापश्चात् आफूमा के परिवर्तन भएको हेर्न चाहन्छौं ?
उदाहरणका लागि वातावरणीय अभियानमा दशकौँको प्रयत्नपश्चात् पनि
हामी नाटकीय परिवर्तन देख्दैनौं ।
जस्तै, जीवाष्म इन्धनको प्रयोगको अन्त्य र नवीकरणीय ऊर्जाले निरन्तर रूपमा परिणाममुखी खतराको घण्टी बजाउँदैछ ।
हामी महिला अधिकारमा आएको ह्रास देख्छौँ यद्यपि यसका लागि दशकौंदेखि
अभियानहरू सञ्चालनमा आइरहेका छन् ।
महिला अधिकारका लागि कानूनी तथा प्रभावोत्पादक अन्य कार्यक्रमहरू पनि सञ्चालनमा छन् ।
प्रजातान्त्रिक प्रणाली भएका केही देशहरूमा हामी र राजनीतिकर्मीहरूको विधानसभा, कोर्ट, मतदान–कानून र आमसञ्चार माध्यमलाई धनी मानिसहरूद्वारा किनिएको पाउँछौँ । प्रेम र सहानुभूतिपूर्ण सदासयतासँग सम्बन्धित लाखौँ उपदेश पश्चात् पनि हामी देख्छौं कि ठूला ठूला सशस्त्र द्वन्द्व,
पृथ्वीको ह्रास तथा अवनति तथा फरक जात, थर, विविध संस्कृति, धर्म भएका मानिसहरूमाथि निरन्तर रूपमा हिंसात्मक क्रियाकलाप सक्रिय छन्
समानता र न्यायका सन्दर्भमा दाशर्निक तथा राजनीतिक लेख, उपदेश र प्रवचनपश्चात् पनि हामी देख्छौँ
ज्याला तथा समानताको सवालमा महिला तथा पुरुषलाई उपलब्ध गराइने असमान पारिश्रमिक र मानिसहरूको समृद्धि सम्बन्धमा अन्यायपूर्ण भेदभाव ।
सुन्दर संसार निर्माण सम्भव छ भन्ने कुरामा कसरी हामी निरन्तर रूपमा
विश्वास गर्न सक्छौं ?
कहिलेकाहीँ यो एकदम असम्भव लाग्छ ।
तर हामीले धैर्यतापूर्वक यसका लागि लागिरहनुपर्छ ।
यस कुरामा ढुक्क हुन एक मात्र उपाय भनेको लोभ, कृपणता र हिंसालाई रोक्न सफल हुनु हो जसले हामीलाई सुन्दर संसार रचना गर्न अवरोध पुर्याउँछन् ।
हामी रोकिन सक्छौँ यदि सफलता हाम्रो हातमा आउँछ भने
हाम्रो सहयोग आवश्यक नहुन पनि सक्छ र यदि हामी जित हासिल गर्न सक्दैनौँ भने हामीले गरेका जुनसुकै प्रयत्नको के काम ?
एउटा महत्वपूर्ण कुरा जसलाई हामी हाम्रो अभियानको केन्द्रविन्दुमा राख्न
सक्छौं,
त्यो हो– परिवर्तन ।
यदि हामी निरन्तर रूपमा विश्वासका साथ आफ्नो काम गरिरहन्छौँ भने
हामी हाम्रो प्रयत्नमा अडिग रहन सक्छौँ र प्रतिबद्ध हुन सक्छौँ ।
वास्तविकता के हो भने यही समयमा हामीले हाम्रा प्रयत्नहरूलाई तीब्र तथा प्रगाढ बनाई अपेक्षित परिणाम प्राप्त गर्न
हाम्रा प्रयत्नहरू मुख्य गरी जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन र लैङ्गिक समानता, सहभागीमूलक शासन, साँस्कृतिक सहिष्णुता, आर्थिक तथा सामाजिक न्यायको प्रवर्धनमा लगाउनु पर्दछ ।
प्रायःजसो सबै कुराहरू परिवर्तन हुने गर्दछन्, कुराहरू परिवर्तन हुनेछन् ।
समुद्रको छालले धार परिवर्तन गर्नेछन् ।
कायापलट हुनेछ ।
धर्ती आफ्नो ठाउँबाट सर्नेछ ।
गतिशीलताको गतिशीलता सुदृढ तथा बृहत् हुनेछ,
अभियानहरू प्रभावकारी हुनेछन् ।
वैचारिक स्खलन, कानूनी स्खलन, व्यवहारिक स्खलन र सामान्य प्रवृत्तिमा आएको ह्रास तथा विचलनलाई कम गर्न सदासयताले भूमिका निर्वाह गर्नेछ । यसको अन्त्यमा हामी पुनः एक पटक कटिबद्ध तथा प्रतिबद्ध भई
प्रत्येक दिन आशा संभावनामा विश्वास र हाम्रो क्रियाशीलता तथा गतिशीलताको
अभ्यास गर्नेछौं,
यसरी सुन्दर संसार निर्माण गर्न समानुभूतिपूर्ण संभावनाहरूको विश्लेषण गरेर ठोस कदम चाल्नेछौँ ।