images
images

अनलाईन बहस 'OB STUDIO' को शुभारम्भ 

काठमाडौँ, जेठ (अनलाइन बहस)
विगत वर्ष देखि अनलाईन समाचारको माध्यम बनेको अनलाइन बहसले 'OB STUDIO' को सुरुवात गरेको छ ।  काठमाडौँमा अवस्थित उक्त स्टुडियो मार्फत संस्थाले समसामयिक विषयमा यूट्यूव, पोडकाष्ट आदिको उत्पादन गर्नेछ । कतिपय समाचारहरुलाई प्रत्यक्ष प्रशारण गर्ने कार्यलाई स्तरीय बनाउन उक्त स्टुडियोको स्थापनाले सहयोग पुग्ने विश्वास लिइएको छ । 

 

उक्त स्टुडियोको शुभारम्भ गर्दै त्रिविविका प्राध्यापक तत्व प्रसाद तिम्सिनाले अनलाइन बहसलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा स्तरीय सूचना सामाग्रीको विकासमा संस्थाको ध्यान जानु पर्ने कुरा बताउनु भयो । स्टुडियो उद्घाटन गर्दै अनलाइन बहस का अध्यक्ष शारदा प्रसाद घिताल र आइसीए नेपालका अध्यक्ष इशु सुब्बाले 'OB STUDIO' ले सबैको निम्ति सहयोगीको भूमिका खेल्ने बताउदैँ आगामी दिनमा अनलाइन बहस को गुणस्तरमा समेत सुधार गर्दै अघि बढ्ने जानकारी दिनुभयो ।