काठमाडौँ, मंसिर ७ (रासस)
बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ ।
नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । काठमाडौंको बल्खु चोकमा मोटरसाइकल र्याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले
ढुंगा प्रहार गरेका हुन् । झडपका क्रममा युवा संघका कार्यकर्ता चढेका र सडकछेउमा पार्किङ गरिएका सर्वसाधारणका केही मोटरसाइकलमा पनि प्रसाईंका समर्थकले तोडफोड गरेका छन् । प्रसाईंका समर्थकले हमला गरेपछि युवा संघका कार्यकर्तालाई कुलेश्वरतर्फ लागेका छन् । अहिले प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको छ । प्रसाईं समर्थकलाई बल्खुमै रोकेर राखेको छ ।