–बामदेव ग्यावली
म पिउने मान्छे,
पिउन मन लाग्छ,
सुन्दर पुस्तकको ज्ञान् ,
तेस भित्रको नाली बेलि,
जसले जे भनोस ,
पिउन मन लाग्छ,
बगैचाको रस अङगुर सरि पिउन मन लाग्छ,
किनकी पिउने बानी छ,
सुरम्य सिर सिर हावा सगै,
कुमुदिनी बास्ना पिउन मन लाग्छ,
पिउदा पिउदै लठ्ठिने म,
सेवा दिन मन लाग्छ,
किनकी उर्जा मिलि रहेछ,
स्व उर्जाको फ्युजन्मा,
झिली मिलि उज्यालो भै रहे छ,
तेसैले पिउनु पर्छ,
पिउदै पिउदै हिड्नु पर्छ,
किनकी बाटो धेरै छ,
तय गर्नु पर्छ।