कलम डायरी र लेखन
मेरो जिन्दगीको साथी बनेका छन्
सधै झोर झमेला यातना
छरपष्ट सेतो कागजमा कोर्न मन लाग्छ
केबल कोरा कल्पना
यसबिच............?
कसरी टिकाउने जिन्दगी
एउटा हाँस्ने बहाना रोजेको छु
रुन्चे हाँसो लिएर समाजमा
अब त गलिसके मेरा नसाहरु
मेरो इच्छा चाहनाहरु
तातो तावामा भुटिइसकेका छन्
निरस समय, निर्जिव मेरा पलहरु
चियाईरहेकी छन् प्रकृतिले
लक्ष्यहीन यात्रा बनेको छ भविष्य
काडैँ काँडाबीच हिडिरहेको वर्तमान
समसानको धुवाँसगै उडिरहेको छ जिन्दगी
दन्दन जलिरहेको चितामा
टेक्न प्रयास गर्दा पनि
पाइतालाहरु ज्लिरहेछन,
भित्रैसम्म गाडीसकेको पीडाले
मुटु दुखिरहेछ,
निर्जिव बनिसकेको शरीर
साँच्ची भन्ने हो भने
साथी नै बनिसकेका छन्
यी निर्जिव कलम र डायरीहरु
शब्द शब्द थप्न मन लाग्छ
यादहरु
कोर्न मन लाग्छ
पीडाहरु पोख्न मन लाग्छ
जमर्को कस्छु अनि सम्झन्छु
निर्जिव भइसकेका हातहरुले
के नै कोर्न सक्छन र ?
रोहिनि शर्मा पाण्डे (रमा कोइराला)
उज्यालो नेपाल डा रामआदरनर्मदा शर्मा पान्डेय
स्मृति वाल वृद्द असहाय उत्थान केन्द्र
अध्यक्ष