काठमाडौँ - नेपालको प्रदेश न १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै, प्रदेश १ र मधेस प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सफा रहेको छ । प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । महाशाखाले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै, आज राति प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।