images
images

प्रधानमन्त्री दाहाललाई  भारतीय समकक्षीको बधाईपत्र 

काठमाडौं, पुस १५ (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका  छन्  । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो भेटमा उनीहरुबीच नेपाल–भारत बीचको सम्बन्धलाई अझै मजबुद बनाउने बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो क्रममा  राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको बधाईपत्र हस्तान्तरण गरेका  थिए  ।