काठमाडौं, मंसिर १
नियत स्वच्छ होस , मानवीय कमि कमजोरी क्षम्य हुन्छन्
उद्देश्य उच्च होस् , निष्ठापूर्ण कर्म होस्
फलका आशाले आस्था र मूल्य मान्यतामा
किन्चित् बिचलन न ल्याओस
त्यही नै मूख्य कुरा हो —
ईमान न बेचियोस , व्यवहारमा जिम्मेवारी बोध होस्
गु-दोष सबैमा हुन्छन ,
सदाशयतापूर्ण
नियत र विवेकपूर्ण व्यवहार होस ,
छिद्रान्वेषी तर्क वितर्कभन्दा माथि उठेर
पूर्वाग्रहमुक्त स्वतन्त्र आचार होस् ,
करुणा , क्षमा र सहिष्णुताको बलमा —
शान्ति, समृद्धि र बिकास-निर्माण हेतु ,
सबै एक भई , जुटेर अघि बढौं
संझौं ? “ कर्मण्ये बाधिकारस्ते मा फलेसु कदाचन “