काठमाडौँ : एन.सी.सी बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिसा डेविट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानी गर्न सकिने सेवा प्रारम्भ गरेको छ । यो सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेटबाट नै भर्चुवल डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सकिने छ ।
यसका साथै मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट एक हजार पाँच सय भन्दा बढी मर्चेन्टहरुमा भिसा क्यु आर कोड प्रयोग गरी भुक्तानी समेत गर्न सकिन्छ । मोको डिजिटल वालेट गुगल प्ले स्टोर र एप स्टोरमा उपलब्ध छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सात वटै प्रदेशमा गरी एक सय ५६ वटा शाखा १५ एक्स्टेन्सन काउन्टर र एक सय ३३ वटा एटिएम बुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आमनागरिककामाझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रियरुपमा सहभागी हुँदै आएको छ ।