काठमाडौँ - मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले घोराही उप.म.न.पा. वडा नं. ५ धारापानी, दाङ स्थित पवित्र धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिरमा भक्तजनहरुको लागी विश्राम गर्न प्रतिक्षालय निर्माण गरी एक कार्यक्रम बीच बैंकका घोराही शाखा प्रमुख बिकास के.सी.द्धारा उक्त मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीलाई अन्य पदाधिकारीहरुको रोहवरमा हस्तानतरण गरिएको छ ।
यो सहयोगबाट मन्दिरमा आउने नजिकका तथा टाढाका भक्तजनहरुलाई विश्राम गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।