images
images

महिला सञ्जालको स्थापनामा वडा ३२ को कार्यशिलता

काठमाडौं, फागुन २ (अनलाईन बहस) 
काठमाडौं महानगरपालिका ३२ नम्वर वडाका महिला तथा केटाकेटीको सुरक्षा र समृद्धि निम्ति महिला सञ्जालको स्थापना आज एक कार्यक्रमका बीच गरियो । काठमाडौं महानगरपालिका  महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ अनुरुप व्यवस्थित यस सञ्जालको संयोजकमा हिरा देवी पोखरेल र सदश्यहरुमा विभिन्न संस्थाका महिला प्रतिनिधिहरुको चयन गरियो । वडा सचिव सदश्य सचिव रहने यस सञ्जालका सदश्यहरुमा सिता विसुङ्खे, सरला तिम्सिना, देवकी रायमाझी, सन्तोषी खड्का र गोमा कार्की हुनुहुन्छ । सञ्जालमा स्थानीय गैर सरकारी संस्थाको समेत प्रतिनिधित्व हुने सन्दर्भमा आईसीए नेपालको प्रतिनिधित्व गर्दै सरला तिम्सिनाको सहभागिता रहेको हो भने गोमा कार्कीले कानूनी व्यवसायीको प्रतिनिधित्व गर्नु हुन्छ । 
महिलाहरु प्रति हुने दुव्र्यहार रोक्नु तथा उनीहरुको अवस्थामा आमूल परिवर्तन ल्याउन प्रभावकारी भूमिका खेल्नु सञ्जालको विशेष  भूमिका  रहेको कुरा आइसीए प्रतिनिधि सरला तिम्सिना बताउनु हुन्छ । आगामी दिनमा सञ्जालले प्रभावकारी कार्यक्रमहरु सञ्चालन गरी ३२ न. वडालाई महिला तथा केटाकेटीहरुको निम्ति सर्वोकृष्ट वडा बनाउने प्रण वडाले लिएको कुरा संयोजक हिरा देवी पोखरेलले बताउनु भयो ।